News Category 2071/01/30
ज्यान मार्ने धम्की दिएको आरोप
दैनिक संवाददाता
राजविराज, २९ वैशाख ।
राजविराज ७ निवासी शैलेन्द्र मोहन झाकी छोरी उर्वशी झका पति प्रकाश ठाकुरले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
हुपेक सप्तरीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नी पत्नी उर्वशीसँग बस्न पाउने भन्दै हुपेकमा निवदेन दिएको जानकारी दिएका छन् ।
पत्नीका उर्वशीका बुवा शैलेन्द्र मोहन झाले ज्यान मार्ने धम्की दिएको भन्दै पहिलो सन्तानलाई समेत जर्वजस्ती गर्भ तुहाएको आरोप लगाए ।
गर्भवती छोरीलाई केहि दिन आफूसँग राख्ने भन्दै ससुरा शैलेन्द्रमोहनले जहाजमा काठमाडौं ल्याएको र त्यहाँ गर्भ तुहाएका उनले आरोप लगाए ।
प्रकाशका अनुसार उर्वशी चार महिनाकी गर्भवती थिइन् । दिल्लीमा बसेर दुबै पति पत्नी जागिर गरिरहेको बताउँदै प्रकाशले गर्भ तुहाउँदै पत्नी उर्वशीको ज्यान समेत लिने प्रयास उनीहरुबाट भएको जानकारी दिए ।
उर्वशी र प्रकाश विद्यालय तहदेखि नै एकअर्कालाई मन पराउँदै आएका बताउँदै उर्वशीको परिवारले बलजफ्ती सुनसरीको इनरुवा नगरपालिका १ निवासी प्रफुल्ल झासँग केहि बर्ष अगाडि उनको विवाह गरिदिएको बताए ।
२०७० साल मंसिर २ गते दुबैले विराटनगरको मन्दिरमा विवाह गरे र उर्वशीले पहिलो श्रीमान् प्रफुल्लसँग सम्बन्ध विच्छेद गर्न सप्तरी जिल्ला अदालतमा २०७० साल कात्तिक महिनामा निवेदन दायर गरेको जानकारी दिए ।
यता पत्रकार सम्मेलनमा उपस्थित कानुन व्यवसायी एवं मानवअधिकार तथा जनवकालत केन्द्र (हुपेक) का अध्यक्ष धर्मेन्द्र यादवले महिलाले दोस्रो विवाह गर्ने बित्तिकै श्रीमान्सँग स्वतः सम्बन्ध विच्छेद हुने जानकारी दिए । यादवले प्रकाशलाई न्याय दिलाउन आफू तथा आफ्नो संस्थाले पूरा सहयोग गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ