News Category 2077/03/20
क्वारेन्टाइन केन्द्र बाहेकका विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै
राजविराज÷सप्तरीका अधिकांश सामुदायिक विद्यालयहरुले सरकारी पाठ्यपुस्तकहरु बितरण गरिरहेका छन् ।
कोरोना भाइरसका कारण सरकारले गत चैत ११ गतेदेखी लकडाउन गरेपछि वार्षिक परिक्षा समेत प्रभावित भएको थियो भने हालसम्म नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुनसकेको छैन् ।
सोही कुरालाई दृष्टिगत गरि सामुदायिक विद्यालयहरुले विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक सम्बन्धित विद्यालयबाट बितरण सुरु गरेको हो ।
हालसम्म सरकारले विद्यालय खोल्ने निर्णय नगरेको अवस्थामा घरमै बसेर विद्यार्थीहरु पठनपाठन गर्न सकोस् भन्ने उद्देश्यले पुस्तक बितरण गरिएको राजविराजस्थित ठाकेदेवी जोगन्द्र भगत राजदेवी माविका प्रअ दिलिप कुमार यादवले जानकारी दिए ।
विद्यालयहरुले कक्षा १ देखी १० कक्षा सम्मको विद्यार्थीहरुका लागि निशुल्क पुस्तक बितरण गरेको उनको भनाई छ ।
यस्तै राजविराजकै पविमाविका प्रअ अरुण झाले विषयगत शिक्षकहरुलाई आफ्ना विद्यार्थीहरुको सम्पर्कमा रहेर पढाउन निर्देशन दिएको बताए । उनले निकट भविष्यमा अनलाइन शिक्षा पनि संचालन गर्ने आफ्नो योजना रहेको बताए ।
विद्यालयमा ग्रामिण भेगका अधिकांश विद्यार्थी पठनपाठन गरिरहेकाले अनलाईन शिक्षा संचालनमा कठिनाई हुने भन्दै उनले भने, “यस विद्यालयमा गरिब विद्यार्थीहरु नै बढी भएकोले अनलाइन शिक्षा संचालनमा निकै कठिनाई हुनेछ ।” यद्दपी केही विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अनलाइन कक्षा संचालन गर्ने योजनामा रहेको उनको भनाई छ ।
यता राजविराज नगरपालिकाका विद्यालय निरिक्षक भोगेन्द्र यादवले जिल्लाभरमा क्वारेन्टाइन राखिएका विद्यालयहरु बाहेकका विद्यालयहरुमा पाठ्यपुस्तक बितरण भइरहेको जानकारी दिँदै इन्टरनेट उपलब्ध भएका विद्यार्थीहरुले अनलाइन शिक्षा समेत लिइरहेको बताए ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते वैकल्पिक प्रणालीबाट सिकाइ सहजिकरण निर्देशिका २०७७ जारी गरेको हो । यही निर्देशिकालाई आधार बनाएर असार १ देखि देशभर वैकल्पिक प्रणालीबाट बालबालिकाका लागि सिकाइ अभियान प्रारम्भ भएको छ ।
यता सप्तरीका अधिकांश सामुदायिक विद्यालयहरुले नेपाल सरकारको निर्देशन अनुसार असारको पहिलो सातादेखी विद्यार्थीहरुलाई पाठ्यपुस्तक बितरण गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ