News Category 2077/03/20
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
राजविराज÷सप्तरीमा शनिबार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मध्येबाट एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै हनुमाननगरमा संक्रमितको संख्या सबैभन्दा बढी ५४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार राजविराजमा १५, कंचनरुपमा २, डाक्नेश्वरीमा १७, बोदेबरसाईनमा ३३, खडकमा ७, शम्भुनाथमा २, सरुङ्गामा १३, हनुमाननगर कंकालिनीमा ५४ र सप्तकोशी नगरपालिकामा २ जनामा हालसम्म संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै छिन्नमस्तामा २७, महदेवामा १५, तिरहुतमा ४, तिलाठी कोइलाडीमा ४२, अग्निीसाइर कृष्णासवरणमा ४, बलानबिहुलमा ४४, राजगढमा २० तथा रुपनी र विष्णुपुर गाउँपालिकामा १÷१ जनामा संक्रमित भेटिएको उनले बताए । यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ रहेको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार साँझसम्मा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको तथा निको हुनेको संख्या ६ हजार ४ सय १५ जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ