News Category 2077/03/21
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान

दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वास्थ्य सामाग्रिको अभावमा स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या परिरहेका बेला आइतबार एक सामाजिक संस्थाले व्यक्तिगत सुरक्षा सामाग्रि प्रदान गरेको छ ।
सेफ मदरहुड नेटवर्क फेडरेशन नेपालले विष्णुपुर गाउँपालिकाको कार्यालय प्राङ्गणमा सोही गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान गरेको हो ।
उक्त स्वास्थ्य सामाग्रि गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवलाई संस्थाका तर्फबाट नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका दिनेशकुमार यादवले हस्तान्तरण गरेका हुन् ।
उपलब्ध गराइएको स्वास्थ्य सामाग्रिहरुमा पिपिई ड्रेस, सेनिटाइजर, थर्मल गण, मास्क, साबुन र क्वारेन्टाइनमा रहेका महिलाहरुका लागि स्यानेटरी प्याड लगायतका सामाग्रिहरु रहेको प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीले जानकारी दिए ।
वर्तमान अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्रिको अभावमा स्वास्थ्यकर्मीहरु जोखीमपूर्ण सेवा दिन बाध्य भएको बिषम परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रि प्रदान गरिएको संस्थाकी प्रमुख डा. आरजु राणाको भनाई छ । सप्तरीमा हालसम्म २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ