News Category 2077/03/23
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ का १ सय ३५ घर मुसहर र डोम समुदायलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ ।
दलित सरोकार मञ्च कञ्चनरुप र व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा सो राहत बितरण गरिएको हो ।
१८ डोम र १ सय १७ मुसहर समुदाय परिवारलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष युक्तिलाल मरिक डोमले जानकारी दिएका छन् ।
एक सय ८० घरलाई राहत वितरण गर्ने लक्ष्य रहेकोमा १ सय ३५ घरलाई वितरण गरिएको र थप ४५ घरलाई अर्कोदिन वितरण गर्ने अध्यक्ष मरिकले भनाई छ ।
यसअघि मञ्चले महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा कञ्चनरुप नगरपालिकामा चार सय ७२ घरधुरी डोम,४ मुसहर, राम र पासवान समुदायलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष मरिक डोमले बताए ।
राहतमा उसिना चामल २५ किलो, गहुँको पिठो ५ किलो, दाल ३ किलो, सोयाविन ३ किलो, साबुन ४ थान र नुन २ प्याकेट वितरण गरिएको छ ।
२०७६ चैत ११ गतेदेखी जारी लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक भोलाकुमार पासवानले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ