News Category 2077/03/23

सप्तरीमा १ सय ४९ जना कोरोनाबाट निको भए

दैनिक समाचारदाता

सप्तरीमा १ सय ४९ जना कोरोनाबाट निको भए

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    सप्तरीमा मंगलबार थप ९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको भइ घर फर्कनेको संख्या १ सय ४९ पुगेको छ । 
    यता सप्तरीमा कोरोनाबाट ३ सय २४ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये १ सय ४९ जना निको भइ घर फर्किसकेको अवस्थामा हाल १ सय ७५ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ । 
    यस्तै मंगलबार साँझसम्म नेपाल भरिमा १६ हजार १ सय ६८ जना संक्रमित भएको तथा ७ हजार ४ सय ९९ जना कोरोनाबाट निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ३५ जनाको कोरोनाबाट मृत्यु भइसकेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट