News Category 2077/03/23
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
.jpg)
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सामान्य वर्षा भएपनि डुवानमा पर्ने गरेको छ । यति मात्र नभएर यहाँ खाँडो नदीका कारण बाढीले तान्डव समेत देखाउने गर्दछ ।
यस पालिमा बाढीले त बस्ती र खेती योग्य जमिनमा ठूलै क्षति पु¥याउने गर्दछ । तर, यस पटकको वर्षाका कारण अहिलेसम्म खोलानालामा बाढी आएको देखिएको छैन् ।
यता बाढी नआएपनि दुई÷तिन दिनको वर्षाले मात्र यस गाउँपालिका वडा नं. ३ सकरपुराका आधा दर्जन घर डुवानमा परेको छ भने करिब एक सय बिगहा धान खेती जग्गा बगरमा परिणत भएको छ ।
वर्षाको पानी निकास हुने व्यवस्था हुन नसक्दा दुई वटा फुसको संचरना भएको घर भत्किएको छ भने आधा दर्जन घरमा दुई÷तिन फिटसम्म पानी जमेको छ । वर्षाको पानीले निरन्तर दबाब बनाउँदा इनर्वा–कुनौली सडकको मध्यभागमा पर्ने सकरपुरा खण्डमा १५ फिट सडक नै बगाएको छ । यसरी सडक नै कटान गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
एक पक्षले आफ्नो जग्गा हुँदै बग्ने कुलोको धार रोक्ने र अर्को पक्षले आफ्नो खेतमा डिप बोरिङ जडानका लागि कुलोको मुहान बन्द गरिदिएका कारण यस्ता समस्या उत्पन्न भएको हो । जसकारण वर्षाले एउटा बस्ती जोगिने र अर्को बस्ति डुवानमा पर्ने स्थिति सृजना भएको छ ।
वर्षाका पानी घरमै पसेर बेहाल बनेकी एकल महिला सरिता झाले घरमा भएभरको खाद्यान्न नष्ट भई भोकभोकै बस्न बाध्य भएको पीडा सुनाइन् । उनले १० कठ्ठा जग्गामा लगाएको धान खेती पनि वर्षाको पानी जमेर नष्ट भएको बताइन् ।
यता तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले वर्षायाममा प्रत्येक वर्ष आउने यस्ता समस्याप्रति आफू गम्भिर रहेको बताएका छन् । उनले सकरपुरा गाउँका दुई पक्षको आ–आफ्नै अडानका कारण यसको स्थायी समाधान गर्न समय लागेको बताए । खाँडो नदीका कारण पुरै तिलाठी गाउँ वर्षेणी डुवानमा पर्ने गरेकाले अहिले त्यसलाई नियन्त्रण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ