News Category 2077/03/24
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकाबासिले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर, सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।
गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ