News Category 2077/03/24
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकाबासिले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर, सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।
गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ