News Category 2077/03/24
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले यातायात संचालनको माँग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।
सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटि तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ सप्तरीको संयुक्त अगुवाईमा यातायात मजदुरहरुले सो प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शनका क्रममा की ज्यान मार, की काम गरेर खान देउ सरकार, निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।
प्रदर्शन पश्चात् उनीहरु प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
पठाइएको ज्ञापनपत्रमा विगत चार महिनादेखी सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै निजि जस्तै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनु पर्ने माँग गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखी बेरोजगार भई घरमै सीमित हुनुपरेकोले अहिले पनि काम नगरे के खाने प्रश्न गरे ।
बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश २ का महासचिव केदार देव, अखिल नेपाल विद्युतीय रिक्सा, टेम्पु, अटो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र देव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटिका अध्यक्ष भोलाप्रसाद यादवलगायतले सात दिन भित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजि सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ