News Category 2077/03/24
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा

दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले यातायात संचालनको माँग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।
सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटि तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ सप्तरीको संयुक्त अगुवाईमा यातायात मजदुरहरुले सो प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शनका क्रममा की ज्यान मार, की काम गरेर खान देउ सरकार, निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।
प्रदर्शन पश्चात् उनीहरु प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
पठाइएको ज्ञापनपत्रमा विगत चार महिनादेखी सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै निजि जस्तै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनु पर्ने माँग गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखी बेरोजगार भई घरमै सीमित हुनुपरेकोले अहिले पनि काम नगरे के खाने प्रश्न गरे ।
बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश २ का महासचिव केदार देव, अखिल नेपाल विद्युतीय रिक्सा, टेम्पु, अटो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र देव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटिका अध्यक्ष भोलाप्रसाद यादवलगायतले सात दिन भित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजि सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ