News Category 2077/03/24
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा बुधबार थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक सप्तरीको बोदेबसाईन नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रमा रहेका चार जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसैबीच अहिले सप्तरीमा पुष्टि भएका कोरोना संक्रमित मध्येबाट २५ जना भारतबाहेक अन्य मुलुकबाट आएकाहरु रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
यता बुधबारै थप २७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या १ सय ७६ पुगेको स्वास्थ्य प्रमुख यादवले बताए ।
बाँकी रहेकाहरुको हाल राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा उपचार भइरहेको छ । सुरुमा १ सय ३ वेड रहेको सो आइसोलेशन कक्षमा ७५ वटा वेड थप गरि हाल १ सय ७८ वेड बनाइएको प्रमुख यादवले बताए ।
यसैगरि बुधबारसम्म भारतबाहेक अन्य मुलुकका गरि ३ सय १ जना जिल्ला भरिका क्वारेन्टाइन केन्द्रहरुमा रहेको उनले जानकारी दिए । जसमध्ये अधिकांशको स्वाब संकलन समेत भइसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ