News Category 2077/03/25
महिलाहरुलाई कुखुरा र किसानलाई पावर टेलर हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलालाई बिहीबार अण्डा पार्ने लेयर्स कुखुरा बितरण गरेको छ ।
सो गाउँपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट २५ जनाका दरले छनौट गरी १ सय ५० जना महिलाहरुलाई तीन वटाका दरले अण्डा पर्ने लेयर्स कुखुरा ४ सय ५० प्रति वितरण गरेको जनाएको छ ।
गरिव बिपन्न, सुनौलो हजार दिनका महिलाहरूका लागि बहुक्षेत्रिय पोषण कार्यक्रमका कारण ब्यवहारमा परिवर्तन हुन थालेपछि उनीहरू उत्साहित हुँदै गएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यस्तै सोही गाउँपालिकाले बुधबार विभिन्न वडाका ६ जना किसानहरुलाई हलो जोत्ने ट्याक्टर (पावर टिलर) हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखाबाट खेती गर्नका लागि विभिन्न वडाका ६ जना किसानलाई ५० प्रशित अनुदानमा सो ट्याक्टर हस्तान्तरण गरेको हो ।
गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादव, लेखापाल श्याम सुन्दर यादव, कृषि शाखा संयोजक छोटेलाल यादवलगायतको उपस्थितिमा सो पावर टिलर (ट्राक्टर) हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ