News Category 2077/03/25
महिलाहरुलाई कुखुरा र किसानलाई पावर टेलर हस्तान्तरण

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको रुपनी गाउँपालिकाले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलालाई बिहीबार अण्डा पार्ने लेयर्स कुखुरा बितरण गरेको छ ।
सो गाउँपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट २५ जनाका दरले छनौट गरी १ सय ५० जना महिलाहरुलाई तीन वटाका दरले अण्डा पर्ने लेयर्स कुखुरा ४ सय ५० प्रति वितरण गरेको जनाएको छ ।
गरिव बिपन्न, सुनौलो हजार दिनका महिलाहरूका लागि बहुक्षेत्रिय पोषण कार्यक्रमका कारण ब्यवहारमा परिवर्तन हुन थालेपछि उनीहरू उत्साहित हुँदै गएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यस्तै सोही गाउँपालिकाले बुधबार विभिन्न वडाका ६ जना किसानहरुलाई हलो जोत्ने ट्याक्टर (पावर टिलर) हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको कृषि शाखाबाट खेती गर्नका लागि विभिन्न वडाका ६ जना किसानलाई ५० प्रशित अनुदानमा सो ट्याक्टर हस्तान्तरण गरेको हो ।
गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादव, लेखापाल श्याम सुन्दर यादव, कृषि शाखा संयोजक छोटेलाल यादवलगायतको उपस्थितिमा सो पावर टिलर (ट्राक्टर) हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ