News Category 2077/03/25
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयलाई घरधनीले घरभाडामा छुट दिएको छ ।
कारोना भाइरसको महामारीका कारण जारी लकडाउनमा सबै क्षेत्रलाई पारेको असरलाई ध्यानमा राखी घरधनी मुंगावत्ती चौधरीले चालु आ.ब.को असार महिनाको घरभाडा छुट दिएकी हुन् ।
शाखा कार्यालयका प्रमुख राजीव कर्णले घरधनी चौधरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा उदाहरणीय कार्य गरेको बताए ।
शाखा प्रमुख कर्णले लकडाउनको समय भित्रै केही घरधनीले घरभाडा नदिई घरबाट निकाल्नुका साथै दिईरहेको अन्य सुविधाबाट वञ्चित गर्ने जस्ता अमानविय कार्यलाई घरधनी चौधरीले चुनौती दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा वित्तिय संस्थाले उनीप्रति आभार प्रकट गरेको बताए ।
यता घरधनी चौधरीले लकडाउनले सबैलाई आर्थिक तथा सामाजिक रुपमा हतोत्साही गरेको यस्तो संकटको घडीमा आफुले पनि संस्थाको समस्या बुझेर घरभाडमा छुट दिएको बताउँदै समाजमा बसेर एक अर्काको साथ दिनुको विकल्प नरहेकोले यस संकटको घडीमा सबै मिलेर अघि बढनु पर्ने सुझाव समेत दिइन् ।
कास्की जिल्लाको पोखरा उपमहानगरपालीका २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले देशका ५६ वटा जिल्लामा १०० वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ