News Category 2077/03/27

तीन मिटर लामो अंजिगर फेला प¥यो

दैनिक समाचारदाता

तीन मिटर लामो अंजिगर फेला प¥यो

    राजबिराज÷वर्षाको पानीसँगै बगेर आएको तीन मिटर लामो अजिंगर सर्प शनिबार फेला परेको प्रहरीले जनाएको छ । 
    शनिबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका ४ अर्जि टोल बस्ने रामनारायण सदाको बारीमा वर्षासँगै बगेर आएको तीन मिटर लामो तथा ८ किलो वजन भएको अंजिगर सर्प फेला परेको हो । 
    घरपट्टी सदाले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय भारदहबाट खटेको प्रहरी टोलीले जालीको माध्यमले सर्पलाई नियन्त्रणमा लिई शनिबारै डिभिजन वन कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त अंजिगर सर्प हेर्न स्थानियको ठूलो भिड खडा भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट