News Category 2077/03/27
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
राजबिराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको चट्याङ्ग, आगलागी, शीतलहर, बाढी, सर्पदंश जस्ता प्रकोपको कारण ज्यान गुमाएका ब्यक्तिको परिवारलाई क्रिया खर्च स्वरुप रु. २५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
सो गाउँपालिकाको शुक्रबार सम्पन्न चौथो गाउँ सभाबाट उक्त निर्णयहरु गरिएको हो । यस्तै खाँडो खोलाले प्रत्येक बर्ष कटान, डुबान गरी करोडौंको धनजन क्षति गरिरहेको हुँदा सो नदीमा दुवैपट्टी बनाइएको बाँधलाई थप बलियो बनाउन खाँडो नदी नियन्त्रण आयोजना लगायतका अन्य सम्बन्धित निकायहरुमा सिफारिस साथ पठाउने निर्णय पनि गरेको छ ।
कोरोना भाइरसका कारण मारमा परेका कृषकलाई सुविधा दिन गाईभैंसी पालन गर्न इच्छुक कृषकहरुलाई सहकारी संस्थामार्फत एक बर्षभित्रै फिर्ता गर्ने गरी बिना ब्याज ५० प्रतिशत निब्र्याजी ऋण दिन कृषक उत्थान घुम्ती कोष निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिँदै यसका लागि आवश्यक कार्यविधि तयार गर्न गाउँपालिकालाई निर्देशन दिइएको बताए । यसैगरि सो सभामा गाउँपालिकाका सबै विद्यालयहरुमा विपद् जोखिम न्युनीकरण शिक्षालाई अनिवार्य गर्ने निर्णय गरिएको अध्यक्ष सिंहले बताए ।
सो सभाको उद्घाटन सत्रमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै गाउँपालिकाका सबै स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई प्रशंसा पत्र प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले जानकारी दिए ।
यसैगरी कोभिड १९ नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठी र को. बर्साइन, प्रहरी चौकी तिलाठी र को. बर्साइन, क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गर्ने तिलाठीका सन्तोष कुमार झा र रञ्जयकुमार यादव, मावि कट्टीका प्रधानाध्यापक विपीन झा र सन्तोषचन्द्र सिंह तथा वडा सचिवहरुलाई समेत सम्मान गरियो ।
क्वारेन्टीनमा जोखिम मोलेर खाना पकाई खुवाउने मावि कट्टीका कैलु मण्डल र लौनियाका विरेन्द्र साह तथा गाउँपालिकाका एम्बुलेन्स चालक अमरेन्द्र देवलाई नगद दुई हजार एक सय रुपैयाँ, गम्छा र प्रशंसा पत्रले सम्मान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न गाउँ सभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ