News Category 2077/03/29
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण

दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तकोशी नदीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा गाउँका ७५ परिवार बिस्थापित भई गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय आधारभुत प्राथमिक विद्यालयमा शरण लिएका छन् ।
चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार साँझ कोशीको बाढी पसेर घर डुवानमा परेपछि उनीहरु बिचल्लीमा परेका थिए । वडा अध्यक्ष बिन्देश्वर यादवको पहलमा चार वटा डुङ्गाको व्यवस्था गरि रातारात बाढीका कारण गर्भवति, बालबालिका र बृद्धबृद्धा समेत गरि ७५ परिवारलाई उच्च स्थानमा रहेको विद्यालयमा पु¥याइएको थियो ।
डुङ्गा चलाउने सीताराम यादव, लालु यादव, सन्तोष यादव र बलिराम सदाले अझ २५ परिवार बाढीले घेरिएको अवस्थामा रहेको र पालैपालो उद्धार गरि ल्याउने काम आइतबार पनि जारि रहेको बताए ।
हाल बिस्थापित भई विद्यालयमा राखिएकाहरु मध्ये तीन जना गर्भवति महिलासहित बालबालिका र बृद्धबृद्धा गरि ७५ परिवार रहेको तथा केहीमा स्वास्थ्य समस्या समेत देखिएको वडा अध्यक्ष यादवले बताएका छन् ।
वडा अध्यक्ष यादवले कोशीको बाढी विद्युतीय गतिमा पसेकाले चार वटा घर तथा एक दर्जन पशु चौपाया समेत बगाएको बताए । उनले अहिले पनि वर्षा जारि रहेकाले जोखीम बढ्दै गएको बताएका छन् ।
वडा अध्यक्ष यादवले कोशीको बाढी विद्युतीय गतिमा पसेकाले चार वटा घर तथा एक दर्जन पशु चौपाया समेत बगाएको बताए । उनले अहिले पनि वर्षा जारि रहेकाले जोखीम बढ्दै गएको बताएका छन् ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बिस्थापित मध्ये केहीमा स्वास्थ्य समस्या रहेको खबर आफूलाई पनि प्राप्त भएको बताउँदै औषधीसहित स्वास्थ्यकर्मीको टोलीलाई डुङ्गामार्फत त्यसतर्फ पठाउने तयारी भइरहेको जानकारी दिए ।
टप्पु गाउँको नाममले चिनिने गोबरगाढा गाउँ पुग्ने सबै मार्ग बाढीका कारण डुवानमा परेकाले एकमात्र साधन डुङ्गाको प्रयोग गरिएको र फसेकाहरुलाई सुरक्षित स्थानमा ल्याउने क्रम जारि रहेको उनको भनाई छ ।
यता निरन्तरको वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाको विभिन्न वडा समेत जलमग्न भएको छ । कतिपयका घरमा वर्षाको पानी पसेर दुई फिटसम्म पानी जमेको छ । पीडितहरुले अविलम्ब पानी निकासको व्यवस्थापन गर्न माँग गरेको छ ।
राजबिराजको वडा नं. १, २, ६, ७, १०, ११ १२, १५, लगायतका वडाहरूमा स्थानियहरूको घरघरमा पानी जमेपछि जनजिवन कष्टकर बनेको छ । राजबिराज २ स्थित राजदेबी पोखरी महाडका लक्ष्मी प्रसाद कर्णको घरमा ३ फिट पानी जमेर उनी घर बाहिर गर्न सकेका छैनन् । दुई दिन देखि घरमा पानी जमेर उनीहरू सुत्ने कोठा भित्रबाहिर पानी जमेपछि खानेकुरा सबै नष्ट भएकोले भाकै बस्न बाध्य भएको घरमुली कर्णले बताए ।
यसैगरी सोही वडाको स्थानिय डा. रामखेलावन यादब, खडगनारायण चौधरी, पंकज देव, बिरेन्द्र चौधरी, सुर्यबहादुर थापा लगायत दर्जनौको घरमा पानी जमेपछि घरवाट निस्किन समस्या भएको छ ।
राजबिराज १ स्थित खाडो नदिको तटबन्धमा रहेको डुमरी, शिवथान टोल अहिले पानी जमेर सर्वसधारणलाई घरबाहिर निस्किन समस्या भएको स्थानिय रामअवतार यादबले जानकारी दिए । यसैगरी राजबिराज ७ स्थित खर्साल टोलमा जमेको पानी निकास हुन नसक्दा सर्वसधारणलाई घरबाहिर तथा आवतजावत गर्न कठिनाई भएको स्थानिय रामनारायण मेहताले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ