News Category 2077/03/29
बाढीले पचास घर डुवानमा, बाढीमा बगेर आएको एक व्यक्तिको शव फेला
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।
सोमबार बिहान खाँडो खोलामा आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुवानमा पारेको हो ।
यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । यता राजविराज–तिलाठी सडकखण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय ब्यापारीहरुको लाखौंको धनमाल क्षति भएको छ ।
यसैगरि खाँडो खोलाको बाढीले एक जना पुरुषको शव बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यता बाढीले सो गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सयौं विगहा धान खेती जग्गा डुबानमा परेको स्थानियले बताएका छन् ।
यसैगरि महुली खोलामा आएको बाढीले जिल्लाको तिरहुत गउँपालिकाको वडा नं. ५ लोहजारा, वडा नं. २ मैनाकडेरी र वडा नं. १ त्रिकौलका झण्डै एक सय घर डुवानमा परेको स्थानिय गोपाल गुप्ताले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ