News Category 2077/03/29
बाढीले पचास घर डुवानमा, बाढीमा बगेर आएको एक व्यक्तिको शव फेला
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।
सोमबार बिहान खाँडो खोलामा आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुवानमा पारेको हो ।
यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । यता राजविराज–तिलाठी सडकखण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय ब्यापारीहरुको लाखौंको धनमाल क्षति भएको छ ।
यसैगरि खाँडो खोलाको बाढीले एक जना पुरुषको शव बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यता बाढीले सो गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सयौं विगहा धान खेती जग्गा डुबानमा परेको स्थानियले बताएका छन् ।
यसैगरि महुली खोलामा आएको बाढीले जिल्लाको तिरहुत गउँपालिकाको वडा नं. ५ लोहजारा, वडा नं. २ मैनाकडेरी र वडा नं. १ त्रिकौलका झण्डै एक सय घर डुवानमा परेको स्थानिय गोपाल गुप्ताले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ