News Category 2071/02/01
तराई मधेशमा ३ प्रदेशको प्रस्तावलाई नेकपा संयुक्तद्वारा निरन्तरता
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तका केन्द्रिय अध्यक्ष चन्द्रदेव जोशीले तराई मधेशमा ३ र हिमाल पहाडमा ६ प्रदेश गरि ९ प्रदेश बनाउने आफ्नो प्रस्तावलाई पार्टीले निरन्तरता दिएको जानकारी दिनु भएको छ ।
राजविराजमा सम्पन्न राष्ट्रिय परिषद्को चौथो बैठकको समापनपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशी सो कुराको जानकारी दिदै पार्टीको ९ औं विशेष महाधिवेशन २०७१ चैतमा हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले प्रदेशहरुभित्र आवश्यकता अनुसार स्थानीय स्वायत्त स्वशासित क्षेत्र, विशेष क्षेत्र तथा इकाईहरु विभाजन गर्ने दृष्टिकोणलाई पुनः अघि सारेको बताउनुभयो ।
पार्टीले लोकतान्त्रिक संसदीय परिपाटी, मानवअधिकार, न्यायिक स्वतन्त्रता तथा शान्तिपूर्ण जनआन्दोलन मार्फत समाजवादोन्मुख राज्य व्यवस्था कायम गर्ने कार्यनीति लिएको जानकारी दिँदै उहाँले अन्य वामपन्थी दलहरुले समेत यस कार्यनीतिलाई स्वीकार्ने तिर अगाडी बढेको स्पष्ट पार्नुभयो ।
उहाँले यस्ता नीतिहरुलाई स्वीकारेका वामपन्थी दलहरुबीच ध्रुबीकरणको सम्भावनाको साथ साथै वाम एकताको सम्भावनालाई समेत बढाएको जिकिर गर्नुभयो ।
यस्तै सोही पत्रकार सम्मेलनमा पार्टीका महासचिव सुनिल मानन्धर, केन्द्रिय सचिवालय सदस्य तथा जनवर्गिय संगठन विभाग प्रमुख ठाकुर शर्मा, केन्द्रिय सचिवालय सदस्य तथा सप्तरीका अध्यक्ष मदनमोहन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ