News Category 2077/03/31
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
राजविराज लायन्स क्लबले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतलालाई पिसिआर परिक्षणलाई तिब्र बनाउन सहयोग पु¥याउने उद्देश्यले चार सय थान भिटिएम किट (भाइरस ट्रान्सपोर्ट मेडियम किट) प्रदान गरेको छ ।
डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा. रन्जित झालाई सो भिटिएम किट हस्तान्तरण गरेको हो ।
पर्याप्त मात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तिब्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब राजविराजका निवर्तमान अध्यक्ष शंकर शारदा, पूर्व अध्यक्ष डा. मूरलीप्रसाद सिंह, हरेकृष्णप्रसाद सिंह, गोबिन्द सिंह, सांसद मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, लायन्सका महासचिव फुरकान अंसारी, सदस्य हरि जोशी, शुसिल काबरा लगायतले उक्त सामाग्रि अस्पतालका प्रमुख डा. झालाई हस्तान्तरण गरे ।
सो अवसरमा अस्पताल प्रमुख डा. झाले लायन्स क्लबप्रति आभार र धन्यवाद ब्यक्त गर्दै सबैको सामूहिक प्रयास र सहयोगबाट मात्र विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनामाथी बिजयी प्राप्त गर्न सक्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ