News Category 2077/04/21
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु, मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मंगलबार राती मृत्यु भएको छ । तीन जनाको मृत्यु भएपछि अहिले जिल्लामा खैलाबैला मच्चिएको छ ।
दुई जनाको उपचारका क्रममा तथा एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षिय बिन्देश्वर साह, डाक्नेश्वरी नगरपालिका ९ का ७१ वर्षिय मंगलु खंग र राजगढ गाउँपालिका ६ का ८२ वर्षिय बच्चालाल सुतिहार रहेका छन् ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना भएका दुई तथा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजादै गर्दा एक जना गरि तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
मृतक मध्येका रुपनी गाउँपालिकाका साहलाई अत्याधिक ज्वरो र स्वाशप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । तर, अस्पताल परिसरमा प्रवेश लगत्तै उनको मृत्यु भएको र बुधबार बिहान घरमा ल्याई आफन्तले अन्तिम संस्कारका लागि लैजादै गर्दा प्रहरीलाई खबर गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
यस्तै छिन्नमस्ता अस्पतालमा भर्ना भएका दुई जनालाई पनि ज्वरो, स्वाशप्रश्वासको समस्या र उच्च रक्तचापको समस्या देखिएको तथा उपचारकै क्रममा मंगलबार राती १ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
यता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीनै जनाको पिसिआर परिक्षण नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
मृतक तीनै जनाको स्वाब संकलन गरि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा परिक्षणको काम सुरु गरिएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए । उनले तीनै जनाको स्वाब परिक्षणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
मृतकहरुको सम्पर्कमा रहेका व्यक्ति, उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी सबै स्वाब परिक्षणको नतिजा कस्तो आउने हो भनी प्रतिक्षारत रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ