News Category 2071/02/01
हाट बजारका लागि भौतिक संरचना निर्माण समिति गठन
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
राजविराज वडा नंंं ६ स्थित बाल उद्धान केन्द्र अगाडी तरकारी हाट लगाउने निर्णय भएको छ ।
बुधबार सोही स्थानमा स्थानियहरुको सम्पन्न भेलाले हाट लगाउनका लागि १३ सदस्यीय भौतिक संरचना निर्माण समिति समेत गठन गरेको छ । सुखराम यादवको संयोजनमा बसेको भेलाले सुभाष यादवको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा आशाराम यादव, सचिवमा अमिरनारायण यादव, सहसचिवमा रमला पोखरेल, कोषाध्यक्षमा धिरेन्द्र प्रसाद यादव, सहकोषाध्यक्षमा कविता प्रमाणि र सदस्यहरुमा अम्बिका दाहाल, देवनारायण शर्मा, मन्नु पोखरेल लगायतका रहेको छन् । यस्तै सल्लाहकारहरुमा गणेशलाल देव, योगेन्द्र प्रसाद देव, वडा सचिव कल्पना देव लगायत रहेका छन् ।
सम्पन्न भेलाले हाट लगाउने स्थानमा भौतिक संरचना निर्माणका लागि राजविराज नगरपालिकालाई प्रस्तावित बजेट उपलब्ध गराउने सचिव अमिरनारायण यादवले जानकारी दिनुभयो । हाट बजारका लागि सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेशकुमार यादवले समेत संसदीय विकास कोषको रकमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको सचिव यादवले जानकारी दिनुभयो ।
विगतमा राजविराज नगरपालिकाको विभिन्न स्थानमा हाट बजार लगाउने निर्णय भए पनि हाल राजविराज १ मा मात्र हाट बजार लाग्ने गर्दछ । दिनप्रति दिन बजार बिस्तार हुँदै जाँदा समेत सम्बन्धीत निकायले अन्य वडाहरुमा हाट बजार लगाउनका लागि कुनै पहल नगरेको जनगुनासो रहेको छ ।
यसअघि राजविराज ५ स्थित हरि सिंहको फुलवारी तथा राजविराज ९ स्थित राजदेवी बस स्टेण्ड नजिक हाट लगाउने निर्णय भए पनि हालसम्म कार्यानवयन हुन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ