News Category 2077/04/24
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेपाल फोटो पत्रकार महासंघ सप्तरी शाखाले विभिन्न पत्रपत्रिकामा आएको समाचारलाई लक्षित गरि राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारका क्रममा भर्ना रहेका राजविराज नगरपालिका वडा नं. ३ निवासी मो. मुस्तकिमले सामाजिक संजालमार्फत विभिन्न संचारमाध्यम तथा सप्तरीका संचारकर्मीहरुप्रति गरेको अभद्र र अत्यन्तै निकृष्ट शैलीको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका सचिव विद्यानन्द रामद्वारा शनिबार जारि विज्ञप्तिमा उनको यस्ता अभद्र, निकृष्ट र गैर जिम्मेवार अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दै सो आइसोलेशनमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सिसी क्यामरा मध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको कुरा स्वयं आइसोलेसन व्यवस्थापन पक्षबाट जानकारी गराइएको विज्ञप्तिमार्फत सबैलाई स्पष्ट पारिएको छ ।
विज्ञिप्तमा यसै जानकारीका आधारमा राजविराज दैनिक पत्रिकाको अनलाइन संस्करणले मात्र होइन यहाँका अन्य स्थानीय तथा राष्ट्रिय दैनिक पत्रपत्रिका र टिभिले समेत समाचार प्रकाशित÷प्रशारण गरेको व्यहोरा अवगत गराइएको छ । यसरी तोडफोड गरिएका उक्त सिसी क्यामरा मर्मतका लागि झिकाई नयाँ जडान गरि सकिएको आइसोलेसन व्यवस्थापन पक्षले जानकारी गराएको सोही विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । यसरी नयाँ जडान गरिएका सिसी क्यामराको फोटो खिचेर सामाजिक सञ्जालमा राखेर आफुहरुले न फोडेको भन्नु सर्वसाधारणलाई भ्रममा पार्नुका साथै अत्यन्तै तल्लोस्तरमा उत्रेर संचारकर्मीहरुलाई बदनाम गर्न खोजिएको महासंघले ठहर गरेको छ ।
यति मात्र होइन् । राजविराजबाट संचालित अन्य अनलाइनमा समेत अस्पताल प्रशासनले दिएको जानकारी अनुसार नै आइसोलेशनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमाथी समेत केही संक्रमितले अभद्र व्यवहार तथा अश्लिल शब्दहरु प्रयोग गरि लखेटेको विषयमा समाचार सम्प्रेशन गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
स्वयम व्यवस्थापन पक्ष तथा पीडितहरुले पीडा सुनाएको आधारमा समाचार सम्प्रेशन गरिएको सबैमा जानकारी गराउँदै विज्ञप्तिमा यसरी केही उच्छृखल संक्रमित व्यक्तिद्वारा निरन्तर भइरहेको अराजकता पुर्ण क्रियाकलाप रोक्न तथा संचारकर्मीहरुप्रति निकृष्ट शैलीमा र अत्यन्त आपत्तिजनक शब्दको प्रयोग गर्नेहरु माथि कडा कारवाही गर्न सम्बद्ध निकायसँग जोडदार माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ