News Category 2077/04/27
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का सहसचिव परिष कर्णले फोटो खिचेकै आरोपमा सोमबार साँझ उनको निवासमा गई एक उच्श्रृंखल समूहले परिवारजनमाथी हातपात गरेको घटनाप्रति फोटो पत्रकार महासंघ सप्तरी शाखा र प्रदेश २ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
शाखाका अध्यक्ष मनोज कुमार माझीद्वारा मंगलबार जारि विज्ञप्तिमा पत्रकारिता पेशाको निरन्तरताका क्रममा कानुन विपरीतका काम कारवाहीका फोटो खिच्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तरगत नै पर्ने भएपनि फोटो खिचेकै आरोपमा पत्रकारको घरमा गई आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथी कै प्रहार हो भन्ने निष्कर्ष रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा उक्त घटनाका दोषिलाई पत्ता लगाएर कारवाही चलाउन तथा पत्रकारको सुरक्षाप्रति गम्भिर हुन स्थानिय प्रशासनसँग जोडदार माँग गरिएको छ ।
यस्तै नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठद्वारा मंगलबारै जारि विज्ञप्तिमा फोटो खिचेकै कारण पत्रकारसहित परिवारमाथी आक्रमण भएको घटना प्रेसस्वतन्त्रता बिरोधी रहेको ठहर गर्दै उक्त कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसँग माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ