News Category 2077/04/31
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा एकै दिन शनिबार २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६१ पुगेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले राजविराज वडा नं. ८ स्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यस्तै शनिबारै प्राप्त पिसिआर परिक्षण रिपोर्टले राजविराज नगरपालिका ६ की ६५ वर्षिया एक महिला, डाक्नेश्वरी नगरपालिका ३ का ४४ वर्षिय पुरुष तथा कंचनरुप नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका राजविराज ६ की ६५ वर्षिया महिला कोरोना संक्रमणबाट चार दिन अघि मृत्यु भएका ७५ वर्षिय बेचुलाल साहकी पत्नि हुन् ।
यता एकै दिन २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भएपछि उनीहरु कार्यरत प्रहरी तालिम केन्द्रमा आवश्यक सुरक्षा सतकर्ता बढाइएको छ । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा ल्याउने तयारीका साथै उनीहरुका सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन कार्य समेत अघि बढाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यता कोरोनाको जोखिमलाई ध्यानमा राख्दै गत साउन ८ गतेदेखी जिल्लामा जारि गरिएको निषेधाज्ञा शनिबार पनि जारि छ । भदौं २ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारि गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ