News Category 2077/05/06
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए

दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
जनशक्ति अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगबिहीन अवस्थामा थन्किएको छ । कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीलाई भेन्टिलेटर आवश्यक पर्दा उनीहरुलाई बिराटनगर र धरान रेफर गरिदै छ ।
तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यत्तिकै थन्किएका छन् ।
मुलुक कै सबैभन्दा बढी १ सय ७८ बेड भएको साइकृष्णा मेडिकल कलजेमा संचालित आइसोलेशन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान समेत जाने गरेको पाइएको छ ।
जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाईले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अतिआवश्यक रहेपनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको बाध्यता सुनाए । उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी पनि दिए ।
कोरोना संक्रमणसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरि भेन्टिलेटर र आइसियु सेवा संचालन गर्न स्थानियको माँग छ ।
एक महिलासहित ६ जना संक्रमित थपिए
यसैबीच सप्तरीमा शनिबार एक महिलासहित ६ जना संक्रमित थपिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले बोदेबसाईन नगरपालिका र बलानबिहुल गाउँपालिका २÷२ तथा सप्तकोशी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमित मध्ये सप्तकोशी नगरपालिकाका एक जना महिला हुन् । अस्पतालकमा प्रमुख डा. रन्जित झाका अनुसार संक्रमण पुष्टि भएका मध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एकजना उपचारका लागि विगत दुई दिनदेखी आकस्मिक कक्षमा भर्ना रहेको बिरामी हुन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर गराउँदा उनमा कोरोना संक्रमण देखिएको डा. झाले बताए । संक्रमण पुष्टि भएलगत्तै शनिबारै संक्रमित सबैलाई साइकृष्ण मेडिकल कलेजको आइसोलेशन कक्षमा पु¥याइएको उनले जानकारी दिए ।
आकस्मिक कक्षमा भर्ना रहेका संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र आफन्तको पनि स्वाब संकलन गरि परिक्षण कार्य अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा संक्रमितको संख्या ७ सय १७ पुगेको छ भने हालसम्म कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ