News Category 2077/05/07
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपाली काँग्रेस र नेवि संघ सप्तरीका यूवाहरुले कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार सरकारबिरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।
काँग्रेस र नेवि संघका यूवा नेताहरुले अस्पतालको मुल गेटमा करिब एक घण्टा भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पिसिआर परिक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्ने लगायत माँगसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई ध्यानमा राखी जनस्तरबाटै भेन्टिलेटर र आइसियु संचालनको माँग उठिरहेको बेला त्यसमा थप बल पु¥याउन सडकमा उत्रनु परेको आन्दोलित यूवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ