News Category 2077/05/07
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपाली काँग्रेस र नेवि संघ सप्तरीका यूवाहरुले कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार सरकारबिरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।
काँग्रेस र नेवि संघका यूवा नेताहरुले अस्पतालको मुल गेटमा करिब एक घण्टा भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पिसिआर परिक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्ने लगायत माँगसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई ध्यानमा राखी जनस्तरबाटै भेन्टिलेटर र आइसियु संचालनको माँग उठिरहेको बेला त्यसमा थप बल पु¥याउन सडकमा उत्रनु परेको आन्दोलित यूवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ