News Category 2077/05/07
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो ।
यस्तै खडक नगरपालिकाका ३, महदेवा गाउँपालिकाका २, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।
यसैबीच स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदा ल्याउँदै एक प्रधानाध्यापकको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका वडा नं. ४ घर भई विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका प्रधानाध्यापक रहेका ५५ वर्षिय सूर्यनारायण यादवको आइतबार दिउँसो उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
कोरोनाको आशंका गरिएकाले मृतकको स्वाब संकलन गरि पिसिआर परिक्षण थालिएको मेडिकल सुपरिटेन्डन्ट डा. रन्जित झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ