News Category 2077/05/08
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान

दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सम्बन्धीत निकायको उदासिनताका कारण राजविराजस्थित जिल्लाकै सबभन्दा ठूलो खेलमैदान राजरंगशाला लथालिंग र उच्च जोखिममा रहेको छ ।
सम्बन्धीत निकायले चासो नदिँदा रंगशाला अहिले गौचरण तथा सर्वसाधारणको शौच गर्ने र फोहर फ्याल्ने स्थल समेत बन्न पुगेको छ । रंगशालामा प्रवेश रोक्नका लागि व्यवस्थापन नहुँदा चौपायालाई मैदान भित्र चर्ने गरेको छ ।
रंगशालामा रहेका तीन वटै प्रवेशद्वार सधै खुल्ला रहने गरेका कारण सर्वसाधारण प्रवेश गरेर शौच समेत गर्ने गरेको दृश्य देखिने गरिएको छ । रंगशाला प्रवेश गर्ने तीन वटा प्रवेशद्वार मध्ये दुई वटामा ढोका नै नरहेको तथा बाँकी एउटा पनि २४ सै घण्टा खुल्ला रहने गरेकाले रंगशालाको बेहाल भएको छ ।
रंगशालाको चारै कुनामा जडान गरिएको नाइटभिजन लाइट दुई वर्षमै प्रयोगविहीन अवस्थामा देखिएको छ । सुरुको अवस्थामा केही राती बलेको बत्ति अहिले बिग्रिसकेको छ । यति मात्र नभएर सोही रकमबाट तारजालीले घरेबार गरिएको थियो । तर, त्यो पनि कामै नलाग्ने अवस्थामा छ । तारजालीले घेरिए पनि गाईबस्तु त्यतिकै मात्रामा रंगशालामा चर्ने गर्छन् ।
जिल्ला खेलकुद विकास समितिले ठक्का मार्फत सो माटो हाल्ने काम गरिएको थियो । तर, रंगशालामा पहिलादेखी नै रहेको भौतिक संरचना मर्मतका लागि अहिलेसम्म कसैले चासो देखाउन सकेको छैन् । पटक पटक तत्कालिन खेलकुद मन्त्रीहरुले रंगशालाको निरिक्षण र अनुगमन गर्दै मर्मत सम्भारको आश्वासन मात्र दिने गरेका छन् ।
यस्तै रंगशालाको पूर्वी छेउमा अतिजिर्ण र जोखिमपूर्ण अवस्थामा रहेको प्यारापिटमूनी अतिक्रमण गरेर वर्षौदेखी विभिन्न व्यक्तिले बसोवास गरिरहेका छन् । र अहिले उनीहरुको शौच र फोहर फ्याल्ने स्थल यही रंगशाला बन्न पुगेको छ ।
यता जीर्ण रहेको प्यारापिट र प्रवेशद्वार कुनै बेला पनि पूरै ढली ठूलो दुर्घटनाको जोखिम रहेको जिल्ला खेलकुद विकास समिति प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारको भनाई छ । उनले राजरंगशाला अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने बताउँदै बजेट नहुँदा मर्मत सम्भार गर्न नसकिएको बताए । यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पटक पटक यस बारे ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको उनको भनाई छ ।
बि.स. २०३६ सालमा निर्माण भएको यो रंगशालामा कुनै बेला राष्ट्रिय स्तरको प्रतियोगिता समेत हुने गरेको थियो । तर, अहिले सरकारी उदासिनताका कारण यो खेल मैदान दिनादुन लथालिङ बन्दै गएपछि खेलकुद गतिविधी लामो समयदेखी ठप्प प्राय छ । तसर्थ सम्भावित जोखिम टार्न र खेलकुदको प्रतिष्ठा जोगाउन समयमै यसको मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ