News Category 2077/05/08
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सम्बन्धीत निकायको उदासिनताका कारण राजविराजस्थित जिल्लाकै सबभन्दा ठूलो खेलमैदान राजरंगशाला लथालिंग र उच्च जोखिममा रहेको छ ।
सम्बन्धीत निकायले चासो नदिँदा रंगशाला अहिले गौचरण तथा सर्वसाधारणको शौच गर्ने र फोहर फ्याल्ने स्थल समेत बन्न पुगेको छ । रंगशालामा प्रवेश रोक्नका लागि व्यवस्थापन नहुँदा चौपायालाई मैदान भित्र चर्ने गरेको छ ।

रंगशालामा रहेका तीन वटै प्रवेशद्वार सधै खुल्ला रहने गरेका कारण सर्वसाधारण प्रवेश गरेर शौच समेत गर्ने गरेको दृश्य देखिने गरिएको छ । रंगशाला प्रवेश गर्ने तीन वटा प्रवेशद्वार मध्ये दुई वटामा ढोका नै नरहेको तथा बाँकी एउटा पनि २४ सै घण्टा खुल्ला रहने गरेकाले रंगशालाको बेहाल भएको छ ।
रंगशालाको चारै कुनामा जडान गरिएको नाइटभिजन लाइट दुई वर्षमै प्रयोगविहीन अवस्थामा देखिएको छ । सुरुको अवस्थामा केही राती बलेको बत्ति अहिले बिग्रिसकेको छ । यति मात्र नभएर सोही रकमबाट तारजालीले घरेबार गरिएको थियो । तर, त्यो पनि कामै नलाग्ने अवस्थामा छ । तारजालीले घेरिए पनि गाईबस्तु त्यतिकै मात्रामा रंगशालामा चर्ने गर्छन् ।
जिल्ला खेलकुद विकास समितिले ठक्का मार्फत सो माटो हाल्ने काम गरिएको थियो । तर, रंगशालामा पहिलादेखी नै रहेको भौतिक संरचना मर्मतका लागि अहिलेसम्म कसैले चासो देखाउन सकेको छैन् । पटक पटक तत्कालिन खेलकुद मन्त्रीहरुले रंगशालाको निरिक्षण र अनुगमन गर्दै मर्मत सम्भारको आश्वासन मात्र दिने गरेका छन् ।
यस्तै रंगशालाको पूर्वी छेउमा अतिजिर्ण र जोखिमपूर्ण अवस्थामा रहेको प्यारापिटमूनी अतिक्रमण गरेर वर्षौदेखी विभिन्न व्यक्तिले बसोवास गरिरहेका छन् । र अहिले उनीहरुको शौच र फोहर फ्याल्ने स्थल यही रंगशाला बन्न पुगेको छ ।

यता जीर्ण रहेको प्यारापिट र प्रवेशद्वार कुनै बेला पनि पूरै ढली ठूलो दुर्घटनाको जोखिम रहेको जिल्ला खेलकुद विकास समिति प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारको भनाई छ । उनले राजरंगशाला अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने बताउँदै बजेट नहुँदा मर्मत सम्भार गर्न नसकिएको बताए । यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पटक पटक यस बारे ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको उनको भनाई छ ।
बि.स. २०३६ सालमा निर्माण भएको यो रंगशालामा कुनै बेला राष्ट्रिय स्तरको प्रतियोगिता समेत हुने गरेको थियो । तर, अहिले सरकारी उदासिनताका कारण यो खेल मैदान दिनादुन लथालिङ बन्दै गएपछि खेलकुद गतिविधी लामो समयदेखी ठप्प प्राय छ । तसर्थ सम्भावित जोखिम टार्न र खेलकुदको प्रतिष्ठा जोगाउन समयमै यसको मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ