News Category 2077/05/08
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सप्तरीका एक मुसहर दम्पत्ति अस्पतालको उपचार खर्च तिर्न नसक्दा विगत ८ दिनदेखी अस्पतालमै बन्धक अवस्थामा रहेका छन् ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का शिवचन्द्र सदा र उनको पत्नी मिलियादेवी अहिले निको भएपनि उपचार खर्च तिर्न नसक्दा बिराटनगरस्थित गोल्डेन हस्पिटल प्रालिमा बन्धक अवस्थामा रहेका छन् ।
गत साउन ५ गते घरमा पसेको बाढीको पानी निकास दिने क्रममा उत्पन्न विवादमा स्थानीय दिना साह र उनका परिवारजनको कुटाईबाट गम्भिर घाइते भई साउन ६ गते सो अस्पतालमा भर्ना भएका सदा दम्पत्तिको सम्पूर्ण उपचार खर्च १ लाख ७५ हजार रुँपैया पुगेपनि त्यति रकम तिर्ने हैसियत नहुँदा अहिले अस्पतालमै बस्न बाध्य भएका छन् ।
शिवचन्द्रको ६६ हजार ९ सय र मिलियादेवीको ५८ हजार ९ सयका साथै औषधीको ५० हजार समेत गरि कुल उपचार खर्च १ लाख ७५ हजार पुगेको सो अस्पतालका प्रबन्धक मो. ज्याउल हकले जानकारी दिएका छन् ।
यता शिवचन्द्रका भाई पवनले सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भूमि, ब्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह र राष्ट्रिय मानवअधिकार आयोगलाई एक पत्र पठाई उपचार खर्च तिरेर दाजु भाउजुको उद्दार तथा मरनासन्न हुने गरि कुटपिट गरि यस्तो अवस्थामा पु¥याउने सोही वडाका दिना साह र उनका परिवारमाथी कारवाहीको माँग गरेका छन् ।


सोही पत्रमार्फत पीडकलाई जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ अन्तरगत कारवाहीको माँग समेत गरिएको छ ।
वर्षाको पानी निकास गर्ने क्रममा विवाद हुँदा दिना साह र उनका परिवारजनले घरेलु हतियारको प्रयोग गरि दाजु भाउजुलाई मरनासन्न हुने गरि कुटपिट गरेको र सोही दिन गम्भिर अवस्थामा उनीहरुलाई बिराटनगरस्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ