News Category 2077/05/08
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सप्तरीका एक मुसहर दम्पत्ति अस्पतालको उपचार खर्च तिर्न नसक्दा विगत ८ दिनदेखी अस्पतालमै बन्धक अवस्थामा रहेका छन् ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का शिवचन्द्र सदा र उनको पत्नी मिलियादेवी अहिले निको भएपनि उपचार खर्च तिर्न नसक्दा बिराटनगरस्थित गोल्डेन हस्पिटल प्रालिमा बन्धक अवस्थामा रहेका छन् ।
गत साउन ५ गते घरमा पसेको बाढीको पानी निकास दिने क्रममा उत्पन्न विवादमा स्थानीय दिना साह र उनका परिवारजनको कुटाईबाट गम्भिर घाइते भई साउन ६ गते सो अस्पतालमा भर्ना भएका सदा दम्पत्तिको सम्पूर्ण उपचार खर्च १ लाख ७५ हजार रुँपैया पुगेपनि त्यति रकम तिर्ने हैसियत नहुँदा अहिले अस्पतालमै बस्न बाध्य भएका छन् ।
शिवचन्द्रको ६६ हजार ९ सय र मिलियादेवीको ५८ हजार ९ सयका साथै औषधीको ५० हजार समेत गरि कुल उपचार खर्च १ लाख ७५ हजार पुगेको सो अस्पतालका प्रबन्धक मो. ज्याउल हकले जानकारी दिएका छन् ।
यता शिवचन्द्रका भाई पवनले सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भूमि, ब्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह र राष्ट्रिय मानवअधिकार आयोगलाई एक पत्र पठाई उपचार खर्च तिरेर दाजु भाउजुको उद्दार तथा मरनासन्न हुने गरि कुटपिट गरि यस्तो अवस्थामा पु¥याउने सोही वडाका दिना साह र उनका परिवारमाथी कारवाहीको माँग गरेका छन् ।


सोही पत्रमार्फत पीडकलाई जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ अन्तरगत कारवाहीको माँग समेत गरिएको छ ।
वर्षाको पानी निकास गर्ने क्रममा विवाद हुँदा दिना साह र उनका परिवारजनले घरेलु हतियारको प्रयोग गरि दाजु भाउजुलाई मरनासन्न हुने गरि कुटपिट गरेको र सोही दिन गम्भिर अवस्थामा उनीहरुलाई बिराटनगरस्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ