News Category 2077/05/14
विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
विद्यालयको फलामे ढोकाले किचिएर सप्तरीमा एक ११ वर्षिय बालकको ज्यान गएको छ ।
सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षिय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो ।
टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए ।
स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए । कार्यक्रम अबेर साँझसम्म चलेको थियो । कार्यक्रमका सहभागिहरु कार्यक्रम सकाएर फर्किएपनि ढोका भने खुल्लै छाडेका थिए ।
ढोका खुल्ला देखेपछि विद्यालयमै रहेका उपेन्द्र ढोका लगाउन गएका थिए । सोही क्रममा अचानक ढोका उनको शरीरमा झरेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यता गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुई महिनाअघि मात्र विद्यालयको प्रवेशद्वारमा उक्त ढोका जडान गरिएको आफूलाई जानकारी प्राप्त भएको बताए । ढोका जडान गर्ने र गराउने तथा विद्यालयमा कार्यक्रम गरि ढोका खुल्लै छाडी हिड्ने दुबै पक्षको लापरवाही देखिएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ