News Category 2071/02/03
उपराष्ट्रपतिद्वारा चारुण हस्पिटल उद्घाटन
दैनिक संवाददाता
राजविराज, २ जेठ ।
उपराष्ट्रपति परमानन्द झाले शुक्रबार सप्तरीको मोहनपुर गाविसस्थित कठौना बजारमा ६५ शैय्याको चारुना हस्पिटल प्रा.लि.को उद्घाटन गर्नुभएको छ ।
अस्पतालको उद्घाटन गर्दै उपराष्ट्रपति झाले नेपाली जनतालाई गाँस, बाँस र कपासको ब्यवस्था गर्न सरकार असफल रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले मान्छेको जीवनमा स्वास्थ्य महत्वपूर्ण अंग भएकाले हस्पिटलहरु खुल्नु भन्दा पनि बिरामीलाई भरपर्दो सेवा उपलब्ध गराउने चुनौती बन्दै गएको बताउनुभयो ।
मानव सेवाको नाममा खुल्ने यस्ता स्वास्थ्य संस्थाहरु सेवा भन्दा ब्यापारलाई प्रमुखता दिदा पनि सरकार मुखदर्शक बनेको उहाँले आरोप लगाउनुभयो । उपराष्ट्रपति झाले बर्तमान सरकारपनि बिगतका सरकारहरु भन्दा फरक शैली अपनाएर मानव सेवालाई प्राथमिक्ता दिन नसकेको गुनसो गर्नुभयो ।
मुलुकमा सवै जातजाति, बर्ग, धर्मका जनताको भावनालाई सम्बोधन गर्नेगरि संबिधान निर्माण गर्न दलहरु सचेत रहनु आबश्यक रहेको बताउदै उपरष्ट्रपति झाले सबैको भावनालाई सम्बोधन हुनेगरि संबिधान निर्माण नभए मुलुक झन द्धन्द्धमा फस्ने चिन्ता ब्यक्त गर्नुभयो ।
उपराष्ट्रपति परमानन्द झा उक्त निजी अस्पतालको उद्घाटन कार्यक्रममा सहभागि हुन बिहीवारै सप्तरी आउनु भएको थियो । उहाँको सुरक्षा ब्यवस्था मिलाउन स्थानीय प्रहरीलाई हम्मै हम्मै परेको थियो ।
स्थानीय केही ब्यक्तिहरुको प्रयासमा स्थापन गरिएको चारुना हस्पिटल प्रा.लिले बिहीवारैदेखि आप्mनो सेवा सुचारु गरेको छ । ११ जना चिकित्सक रहेको सो हस्पिटलमा ओपीडी, आकास्मिक, ल्याब, भिडियो एक्सरेसहितका सेवाहरु सञ्चालनमा रहेको र चाँडै सिटीस्क्यानसमेत स्थापना गर्ने लक्ष्य रहेको हस्पिटलका अध्यक्ष हरेकृष्ण भगतले जानकारी दिनुभयो । सो अवसरमा सप्तरीका सभासद् तेजुलाल चौधरी, सुरेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ