News Category 2077/05/14
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
नेत्रविक्रम चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह पौडेललाई सर्वोच्च अदालतको आदेशमा आइतबार जिल्ला अदालत सप्तरीले रिहा गरेको छ ।
सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट जारि हुँदा थुनामा रहेका सम्बन्धीत जिल्लाको न्यायाधिशको रोहबरमा थुना मुक्त गर्नु भनी आदेश भएअनुसार भुजले र पौडेललाई सप्तरी जिल्ला अदालतका न्ययाधिश चन्द्रमणी दवाडी र सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष डोमन साहको रोहबरमा रिहा भएका हुन् ।
उनीहरु रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीका साथ अदालत बाहिर ठूलो संख्यामा प्रहरी पुगेका थिए । तर, कानुन व्यवसायीहरुको सहयोगमा भुजेल र पौडेललाई अदालतको पछाडी पटीको गेटबाट सुरक्षित निकालेर आफन्तको जिम्मा लगाइएको सप्तरीका बार एशोसिएशनका अध्यक्ष डोमन साहले बताए ।
यसअघि सुनसरी जिल्लामा भुजेल र पौडेलमाथी राज्य बिरुद्धको कसुर, विस्फोटक पदार्थ र संगठित अपराध निवारण ऐन अन्तरगत मुद्दा चलाइएको थियो । गत बुधबार उनीहरुलाई सुनसरीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको थियो ।
उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको थियो । अदालत परिसरबाट बाहिरिए लगत्तै सुनसरी प्रहरीले पक्राउ गरि सप्तरी प्रहरीलाई बुझाएको थियो । दुबै जनालाई सप्तरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान थालिएको थियो । उनी दुबै माथी इलाका प्रहरी कार्यालय कंचनपुरले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ