News Category 2077/05/17
मलको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
कृषि मलको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ परेका छन् । अहिले किसानहरुले खेतमा हाल्न मल पाउन नसकेको अवस्थामा कृतिम अभाव सृजना गरि कालोबजारी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् ।
मलको कालोबजारी र दोब्बर मुल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ । १७ रुँपैया प्रति केजी पर्ने मल ४० रुँपैयामा बिक्रि गरेको प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिनुका साथै गोदाम सील गरि थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ