News Category 2077/05/18
सप्तरीमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ भदौ ।
सप्तरीमा दुई कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
पछिल्लो पटक कोरोना संक्रमणबाट राजविराज नगरपालिका ७ का ५५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका ६ का ५२ वर्षिय गणेश यादवको मृत्यु भएको हो । मृत्यु भएका राजगढ गाउँपालिका ६ का गणेश यादव राजविराजस्थित नेपाल टेलिकमका कर्मचारी हुन् ।
दुबै जनाको उपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला स्वाथ्य कार्यालय सप्तरीले जनाएको छ ।
यादवको बुधवार मध्यरात तथा साहको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्यका कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
कोरोना पोजिटिभ भई गम्भिर अवस्थामा पुगेका यादवलाई परिवारजनले सोझै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए भने साहलाई बिहीवारै राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशनबाट रेफर गरिएको थियो । यो सँगै कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ