News Category 2077/05/19
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
कोरोना महामारीका बेला अग्रपंक्तिमा काम गर्ने सप्तरीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा संचारकर्मीहरु समेतमा संक्रमण बढ्न थालेको छ । महामारीको बेला हालसम्म ४३ जना अग्रपंक्तिमा काम गर्नेहरु संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुनेहरु मध्ये तीन जना संचारकर्मी समेत रहेका छन् । संचारकर्मी सबै उपचार पश्चात् निको भइसकेका छन् । यता जिल्लामा शुक्रबारसम्ममा १५ स्वास्थ्यकर्मी, ८ नेपाली सेना, ८ कर्मचारी र ३९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक टेलिकमका कर्मचारीको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार यसरी संक्रमित भएकाहरु मध्ये प्रहरीतर्फ ९ जना निको भई डिस्चार्ज भएका छन् भने ३० जना आइसोलेशनमै उपचारका क्रममा छन् ।
राजविराजस्थित नेपाली सेनाका भिम दलगणका संक्रमित सबै ८ जना पनि उपचारकै क्रममा छन् । स्वास्थ्यकर्मी तर्फ कुल १५ जना संक्रमित भएकोमा १३ जना निको भई फर्किएका छन् भने दुई जना अझै आइसोलेशनमै छन् ।
यस्तै कोरोना महामारी फैलिए यता स्वास्थ्य, टेलिकम, विद्युत, बैंक तथा वित्तिय संस्था, स्थानिय तह र न्याय सम्पादन लगायतका अत्यावश्यक क्षेत्रमा सेवा प्रदान गर्ने ८ जना कर्मचारी पनि संक्रमित भएका छन् । एक जनाको मृत्यु, ६ जना निको भई घर फर्किएका छन् भने एक जना अझैं उपचारकै क्रममा आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हालसम्म संक्रमितको संख्या ८ सय ५८ पुगेको छ भने ८ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या ६ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ