News Category 2077/05/22
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले राजविराज नगर क्षेत्रमा चार किल्ला तोकेर मंगलबारदेखी थप ७ दिनका लागि निषेधाज्ञा बढाएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबाररात्ी १२ बजे सकिदैछ ।
स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।
पछिल्लो पटक राजविराज नगरपालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको छ भने अन्य स्थानिय निकायको हकमा सम्बन्धीत स्थानिय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भिडभाड नगरि, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रिका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ