News Category 2077/05/29
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
सप्तरीको पश्चिमी भेगका दुई ठूला नदीहरुको कारण बर्सेनी हुँदै आएको क्षतिको अवस्था बुझी समस्या समाधानको लागि पहल गर्न राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले थालेको स्थलगत अवलोकन कार्यलाई निरन्तरता दिएका छन् ।
यसैक्रममा सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका साँसद सिंहले सप्तरीको बोदे बर्साइन नगरपालिकाको पूर्वी सिमानामा रहेको खड्क नदी र पश्चिमी सिमानामा रहेको बिहुल नदीको स्थलगत अवलोकन निरीक्षण गरेका हुन् ।
उक्त दुवै नदीको कारण बोदे बर्साइन नगरपालिकाको दुई सय विघाभन्दा बढी जमीनमा बालुवा थुपार्ने तथा कटान हुँदै आएको छ । वडा नं. २, ५, ७ र १० खड्क नदीबाट र वडा नं. १, ६ र ८ गरी सात वटा वडाहरु बर्सेनी प्रभावित बन्दै आएको बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले समितिका सदस्य साँसद सिंहलाई जानकारी गराएका थिए ।
दुई ठूला नदीको बीचमा पर्ने नगरपालिकाका जनताको बर्षायाममा जीवन कष्टप्रद बन्दै आएको बताउँदै मेयर सिंहले हरेक बर्ष बर्षायाममा दशदेखि पन्द्रह वटा गाउँहरु प्रभावित बन्दै आएको जानकारी गराए ।
बिहुल नदीको बाढीको कारण अहिले कोशी पश्चिमी नहरसमेत भत्किएको छ । बिहुल नदीको पूर्वी र पश्चिमी भागमा नहर भत्किएको हो । सो क्रममा उनले खड्क नदीमा निर्माणाधिन पुलको समेत निरीक्षण गरेका छन् ।
राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य साँसद सिंहले नगरपालिकाका वडा अध्यक्षहरुसँग समेत नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा छलफल गरेका छन् । सो क्रममा उनले आफ्नो समितिमार्फत नदीबाट उत्पन्न समस्याहरुको ठोस समाधानकालागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
सप्तरीस्थित विभिन्न नदीको कारण जनताले भोग्दै आएको समस्याहरुको बारेमा बुझ्न स्थलगत अवलोकन निरीक्षण अभियानै सञ्चालन गरेका राष्ट्रिय सभा सदस्य सिंहले यसअघि सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा नदीले पार्दै आएको प्रभावको स्थलगत निरीक्षण गर्नुका साथै समस्या बारे स्थानियसँग जानकारी समेत लिएका थिए ।
निरिक्षणको क्रममा उनले त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली, सप्तकोशी, महुली, जिता लगायतका दर्जनबढी नदीहरुको कारण बर्सेनी हुँदै आएको डुबान, कटान तथा बालुवा थुपार्ने समस्याको स्थलगत निरीक्षण गर्नुका साथै बाढी नियन्त्रणका लागि दिर्घकालिन उपाय अपनाउने बारे सम्बन्धीत व्यक्ति तथा प्राबिधिकहरुसँग छलफल समेत गरेका थिए ।
सो अवलोकन निरीक्षण टोलीमा पूर्व साँसद सूर्यनाथ प्रसाद यादव, जसपाका २ नम्बर प्रदेश सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह लगायतको सहभागीता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ