News Category 2077/05/29
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४

दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालजमा नियमित डायलायसिस गराउँदै आएका ६ जना तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि सोमबार कोरोना संक्रमित भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाका अनुसार संक्रमित हुनेहरुमा अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एक डाक्टर तथा सर्जरी विभागमा काम गर्ने एक स्वास्थ्यकर्मी समेत रहेका छन् ।
यस्तै एक प्रहरी र करदाता सेवा केन्द्रका एक कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुने अन्यमा तिलाठी कोइलाडी गाउँपालिकाका ३, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिकाका २÷२ तथा खडक नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि कुल १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यता संक्रमित डाक्टर र स्वास्थ्यकर्मीलाई होम आइसोलेशन तथा अन्य बाँकी संक्रमतिलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन सेन्टरमा राखी उपचार गरिने गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिएका छन् ।
सप्तरीमा यो समेत संक्रमितको कुल संख्या १ हजार ३४ पुगेको छ । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने ७ सय ३६ जना निको भई डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ