News Category 2077/06/04
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
झण्डै दुई महिना अघि बलान नदीमा आएको बाढीले भत्काएको तटबन्ध अझ मर्मत हुन नसक्दा सप्तरीको बलान बिहुल गाउँपालिकाका २ सय ५० परिवार त्रासमा बस्न बाध्य छन् ।
बाढीले भत्काएको तटबन्ध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन ।
सप्तरी र सिरहा जिल्लाको सीमाना मानिने बलान नदीमा गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्व तटबन्ध भत्काएको थियो ।
दुई महिनासम्म पनि सरोकारवाला निकायले तटबन्ध मर्मतका लागि ध्यान नदिएको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।
उनीहरुले समयमै तटबन्ध बचाउने आवश्यक प्रयास नहुँदा भत्केको जिकिर गर्दै नेताहरुलाई गुहार्दा पनि आश्वासन मात्र पाइएको गुनासो गरेका छन् ।
यता बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बलान नदीको बाढीले वर्षेणी ठूलो जनधनको क्षति गर्ने गरे पनि आवश्यक बजेटको अभावमा बलियो तटबन्ध निर्माण गर्न नसकिएको बताए ।
उनले गाउँपालिकासँग भएको सीमित साधनश्रोतले तटबन्ध तथा नदी आसपासका जोखीमपूर्ण स्थानमा माटो भर्ने, जालीमा बोरा बिच्छ्याउनेलगायतका काम गरि कटान रोक्ने प्रयास गरिए पनि स्थायी समाधान गर्न नसकेको लाचारी ब्यक्त गरे । बर्षेणी बलान नदीमा आउने बाढी र त्यसले गर्ने ब्यापक कटान रोक्न प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो पनि उनले पोखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ