News Category 2077/06/04
सप्तरीमै जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरी सदरमुकाम राजविराजमा रहेका विभिन्न अस्पतालमा अहिले दक्ष चिकित्सक तथा आधुनिक उपकरणको माध्यमबाट जटिल भन्दा जटिल रोगको उपचार सम्भव हुँदै गएको छ ।
विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् । यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।
पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी ५० वर्षिय कमलकुमार साहको स्पाइनल कर्डमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको प्रयासपछि सफल शल्यक्रिया सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तो शल्यक्रिया जिल्लामै पहिलो पटक गरिएको सो अस्पतालका चिकित्सकहरुको भनाई छ । वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रि सम्पन्न गरेका हुन् ।
यता आर्थिक अवस्था निकै कमजोर भएका साह जिल्ला बाहिर विभिन्न अस्पताल धाएर यहाँ आइपुगेको अस्पतालका संचालक शैलेन्द्र मोहन झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ