News Category 2077/06/04
संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
जनता समाजवादी पार्टीले संविधान संशोधन तथा सांसद रेशम चौधरीको रिहाईको मागसहित शनिवार सप्तरीमा प्रदर्शन गरेको छ ।
असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मनाइरहँदा जसपाले यस दिनलाई विगत पाँच वर्षदेखी बिरोध दिवसको रुपमा मनाउँदै आएको छ ।
जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा जनता समाजवादी पार्टी तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा आयोजना गरेको थियो ।
आयोजित विरोधसभामा जनता समाजवादी पार्टीका नेताहरुहरुले वर्तमान संविधान आदिवासी÷जनजाती, मुस्लिम, थारु, मधेशी, सीमान्तकृत लगायतका वर्गका लागि विभेदपूर्ण रहेको बताउँदै त्यसमा संशोधन नभएसम्म आफुहरुले संविधान दिवसलाई कालो दिवस र कालो दिनका रुपमा मनाइरहने चेतावनी दिएका छन् ।
पार्टीका केन्द्रीय नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले अत्याधिक बहुमत ल्याएर विजयी भएका सांसद रेशमलाल चौधरीलाई जेल राखेर सरकारले जनमतको उपहास गरेको बताउँदै उनको रिहाईको समेत माग गरे ।
यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सहसंयोजक श्रवण थारुले सांसद चौधरीको रिहाई र संविधान संशोधन नगरिए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिए ।
सोही बिरोध सभामा जसपाकी नेतृ तथा प्रतिनिधि सभा सदस्य रेणु यादवले संविधानमा विभेदकारी प्रावधानहरु राखिएको भन्दै त्यस्ता संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने बताईन ।
यसैगरी राजविराजमा आयोजित विरोध सभाका सहभागि नेताहरुले पनि संविधान संशोधन नगरेसम्म मधेशीले त्यसमा अपनत्व नलिने चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ