News Category 2077/06/05
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
दुई वर्षदेखी हराएका एक बालकको सप्तरीको मानवअधिकार क्षेत्रमा काम गरिरहेको एक संस्थाले भारतबाट उद्दार गरि परिवारको जिम्मा लगाएको छ ।
सप्तरीस्थित सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च नामक संस्थाको सक्रियतामा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका १ जेठरिया निवासी सलामुल नेशाकी १० वर्षिय छोरा रैयाजसँग पुनः मिलन गराएको हो ।
भारतको दिल्लीबाट फर्केकी बिहार राज्यको सुपौल जिल्ला डगमारा ग्राम पंचायत निवासी आभाराम र सुपौल जिल्लाकै बाल कल्याण एवं संरक्षण समितिको सहयोगमा सो संस्थाले भारतबाट उद्दार गरि परिवारको जिम्मा लगाएको छ ।
आठ वर्षको उमेर हुँदा रैयाज गाउँबाटै हराएका थिए । अहिले उनी १० वर्षका पुगिसकेका छन् । उनलाई गाउँकै सद्दाम हुसैन भन्ने व्यक्तिले ललाई फकाई भारतको दिल्ली पु¥याएको बालकका आफन्तको भनाई छ । बालकका आफन्तले सद्दाममाथी मानव बेचबिखन तथा ओसारपोसार र मानिस वेपत्ता अन्तरगत कारवाही चलाउन माँग गर्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
प्रहरीले सद्दामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ । रैयाजले गाउँकै ३० वर्षिय सद्दाम हुसैनले ललाई फकाई आफूलाई भारतको दिल्ली पु¥याएको बताए छन् । पहिलेदेखी चिनजान रहेका सद्दाम अंकलले दिल्ली घुम्न जाउँ, त्यहाँ पैसा पनि पाइन्छ भन्दै प्रलोभन देखाएपछि आफू घरमा कसैलाई जानकारी नै नगराई उनीसँग हिडेको बालक रैयाजले सुनाए ।
त्यहा बस्दा धेरै काम गर्नुपर्ने, कुटाई खानु पर्ने हुनथालेपछि भागेर दिल्ली रेलवे स्टेशन पुगेको बेला डगमारा ग्राम पंचायतिकी आभाराम भन्ने आंटीसँग भेट भएको र उनले सोधपुछ गरेपछि सबै बृतान्त सुनाएको बालक रैयाज बताउँछन् ।
आफू नेपालमा घर भएको तथा ठेगाना भने बिर्सेको बताएपछि राम आंटीले सीमा क्षेत्रमा ल्याई भारतकै सुपौलस्थित बाल कल्याण संरक्षण समितिमा राखिदिएको उनको भनाई छ । उक्त बाल कल्याण संरक्षण समितिका पदाधिकारी सुधिरकुमार मण्डल र बब्लुकुमार पासवानले बालकको फोटोसहितको विवरण मानव तथा बाल अधिकार क्षेत्रमा कार्यरत सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीलाई पठाई ठेगाना पत्ता लगाइदिन सहयोगका लागि अनुरोध गरेपछि संस्थाका अध्यक्ष जंगबहादुर सिंह, महिला तथा बालबालिका प्रमुख आभासेतु सिंह भारत गई बालकलाई भेटेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा संस्थाका अध्यक्ष सिंह महिला विभागकी प्रमुख आभासेतु सिंह, यमुनामाई गाउँपालिका १ का वडाअध्यक्ष नन्दलाल राय यादव, कोक्याप काठमाडौंका प्रतिनिधि राजहंश कुमार लगायतको उपस्थितिमा बालकलाई आमाको जिम्मा लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ