News Category 2077/06/05
रुपनीका वडा अध्यक्ष थापाको निधन

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको रूपनी गाउपालिका वडा ६ का अध्यक्ष गोबिन्द सिँह थापाको सोमबार निधन भएको छ । उनको ५५ बर्षको उमेरमा निधन भएको छ ।
थापा केही दिन यता पेट सम्बन्धी रोगले थला परेका थिए । उनलाई सोमवार बिहान उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा बाटौ मै निधन भएको परिवारजनले जनाएका छन् ।
यसअघि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्केका अध्यक्ष थापाको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान बिराटनगर लगिदै थिए ।
यता सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि थापा केही महिनादेखि निकै तनावमा रहेको स्थानियले बताएका छन् ।
गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित थापाको निधनप्रति नेपाली काँग्रेस सप्तरीले गहिरो दुख ब्यक्त गरेको छ ।
काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादबले एक शोक बक्तब्य जारी गरि गर्दै थापाको निधनले पार्टीलाई अपूर्णिय क्षति भएको जनाउदै शोकसन्तप्त परिवार प्रति सम्वेदना प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ