News Category 2077/06/05
रुपनीका वडा अध्यक्ष थापाको निधन
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको रूपनी गाउपालिका वडा ६ का अध्यक्ष गोबिन्द सिँह थापाको सोमबार निधन भएको छ । उनको ५५ बर्षको उमेरमा निधन भएको छ ।
थापा केही दिन यता पेट सम्बन्धी रोगले थला परेका थिए । उनलाई सोमवार बिहान उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा बाटौ मै निधन भएको परिवारजनले जनाएका छन् ।
यसअघि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्केका अध्यक्ष थापाको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान बिराटनगर लगिदै थिए ।
यता सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि थापा केही महिनादेखि निकै तनावमा रहेको स्थानियले बताएका छन् ।
गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित थापाको निधनप्रति नेपाली काँग्रेस सप्तरीले गहिरो दुख ब्यक्त गरेको छ ।
काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादबले एक शोक बक्तब्य जारी गरि गर्दै थापाको निधनले पार्टीलाई अपूर्णिय क्षति भएको जनाउदै शोकसन्तप्त परिवार प्रति सम्वेदना प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ