News Category 2071/02/04
निष्काशनमा परेकाहरुद्वारा गम्भिर ध्यानाकर्षण
राजविराज÷नेपाल प्रेस यूनियनका अध्यक्ष ओमप्रकाश साह तथा सचिव सुधा देवद्वारा शनिबार जारी गरिएको कार्वाही सम्बन्धी प्रेस बिज्ञप्तीप्रति निष्काशनमा परेका ११ जना मध्ये ७ जनाले शनिबारै संयुक्त प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जारि गरिएको विज्ञप्तिमा भनिएको छ, “युनियनको मिति २०७० साल चैत ४ गते बसेको बैठकले नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि राजेश झा, उपाध्यक्षका लागि श्रवणकुमार देव, सचिवमा ओमप्रकाश साहसहितकालाई उम्मेदबारी दिलाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई २०७१ साल वैशाख ४ गते केहि परिमार्जन गरी सर्वसम्मत प्रयासका लागि जितेन्द्र खड्गालाई अध्यक्षको उम्मेदबार बनाउने निर्णय गरेको थियो । तर नेपाल पत्रकार महासंघ सप्तरीको निर्वाचन भएको दिन कुनै निर्णय नै नगरी प्रेस चौतारीसँग आबद्ध प्रकाश खतिवडालाई अध्यक्ष पदको उम्मेदबार बनाएको जानकारी गराउँदछौं । अध्यक्ष ओमप्रकाश साहले एकलौटी रुपमा प्रेस यूनियनबिरुद्धको संगठनका व्यक्तिलाई अध्यक्ष बनाउने काम गरे । यसको युनियनभित्र कुनै निर्णय नै नभएको र अध्यक्षले मनमानी तरिकाले उम्मेदबार बनाएका थिए ।”
त्यस्तै विज्ञप्तिमा अध्यक्ष साहले एकलौटी रुपमा गरेको निर्णय मान्य हुने तर सामूहिक रुपमा भएको निर्णयलाई नमान्ने प्रबृत्तिका अध्यक्ष साहलाई नै कार्वाही हुनुपर्ने ठाउँमा युनियनको सामूहिक निर्णयलाई मान्ने व्यक्तिलाई नै कार्वाही गरेको भन्नु हास्यास्पद बाहेक केहि पनि नरहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यति मात्र होइन, यूनियनको सबै सिट नेपाल पत्रकार महासंघभित्र आउने अवस्था हुँदाहुँदै अध्यक्ष चौतारीलाई बनाउनु र सबै पार्षद यूनियनकै आउने अवस्थामा पनि चौतारीसँग गलत गठबन्धन गरी सबै पद गुमाएको यूनियनले त्यसको समिक्षा नगरी अहिले पनि संगठनभित्र निरंकुशता लाध्ने मात्र होइन, अध्यक्षले यूनियनसँग आबद्ध नै नरहेका व्यक्तिहरुको उक्साहटमा आएर संगठनबिरुद्धका निर्णयहरु गरेका छन् । सप्तरीबाट यूनियनकै १५ जना सभासद् आउने पक्का भएको अवस्थामा चौतारीसँग सहकार्य गरेकाले केन्द्रिय महाधिवेसनमा यूनियनका उपाध्यक्ष पदका उम्मेदबार रामजी दाहाल ५ मतले र महासचिव जगत नेपाल १२ मतले पराजित भएका थिए । यस्तो अवस्थामा पनि आफ्नो गल्ती स्वीकार नगर्नु समग्र यूनियनकै लागि बिडम्बना हो ।”
यसअघिको नेपाल पत्रकार महासंघ सप्तरीको निर्वाचनमा यूनियनबिरुद्ध अध्यक्ष पदमा उम्मेदबारी दिएका अवधेश झालाई यस पटक उपाध्यक्ष पदको टिकट दिनु र यूनियनकै निर्णयलाई मान्ने व्यक्तिलाई कार्वाही गरेको भन्नुले अध्यक्षको व्यक्तिवादी चरित्र उदाङ्गो भएको छ । ११ जनालाई कार्वाहीकै कुरा मान्ने हो भने प्रेस यूनियन कार्यसमितिका अधिंकास पदाधिकारीलाई नबोलाई अध्यक्ष, सचिव र दुई जना सदस्य मिलेर गरेका छन् । जो विधानतहत अवैधानिक हो । यसर्थ मनमानी तरिकाले निर्णय गर्दै अन्य संगठनका व्यक्तिलाई अध्यक्ष बनाउने तथा पार्षदको संख्या घटाउनमा मद्दत गर्ने यूनियनका अध्यक्ष ओमप्रकाश साहमाथि कार्वाहीको माग गर्दछौं । संगठनबिरुद्ध हिंडेका अध्यक्ष साहलाई कार्वाही गरी यूनियनका सही सदस्यहरुको पहिचान गर्न हामी केन्द्रिय समितिसँग जोड्दार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा जितेन्द्र खड्गा, श्रवणकुमार देव, जितेन्द्र कुमार झा, भुषण सिंह, चन्दन यादव, गंगा प्रसाद साह र कृष्णदेव यादव नामबाट जारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ