News Category 2077/06/07
भन्सार छलेका समान, पशुसहित गाडी प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा लाखौ मूल्य बरावरको किराना सामान तथा प्रतिबन्धित औषधी सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार रातीको पिकअप भ्यानमा लोडगरी भारतबाट नेपाल ल्याउँदै गरिएको गाईसहित गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दशगजा क्षेत्रमा निगरानीका लागी खटिएका प्रहरीको गस्ती टोलिले बिभिन्न नाका क्षेत्रवाट खैनी, पान मसाला, गुटका, चुरोट, बिडी, प्रतिबन्धित औषधीहरू समेत बरामत गरेको छ ।
सोमवार मध्य रातमा मे.१च. २०३४ नम्वरको पिकअप भ्यानमा दुईबटा जर्सी गाई लोडगरी भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा सप्तरीको डाक्नेवरी नगरपालिकाको पत्थरगाढा चौकमा राती १२ बजे तिर गस्तीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रहरीलाई देख्ने बितिकै तस्करहरू भने अंध्यारोको फाईदा उठाउदै समान छाडी फरार भएको बताईएको छ ।
तस्करीमा प्रयोग गरिएको गाडीसहित बरामत समानहरूको १७ लाख ५१ हजार मुल्यांकन गरिएको तथा आबश्यक कारवाहीको लागि मंगलवार बेल्हीस्थित राजबिराज भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ