News Category 2077/06/07
भन्सार छलेका समान, पशुसहित गाडी प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा लाखौ मूल्य बरावरको किराना सामान तथा प्रतिबन्धित औषधी सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार रातीको पिकअप भ्यानमा लोडगरी भारतबाट नेपाल ल्याउँदै गरिएको गाईसहित गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दशगजा क्षेत्रमा निगरानीका लागी खटिएका प्रहरीको गस्ती टोलिले बिभिन्न नाका क्षेत्रवाट खैनी, पान मसाला, गुटका, चुरोट, बिडी, प्रतिबन्धित औषधीहरू समेत बरामत गरेको छ ।
सोमवार मध्य रातमा मे.१च. २०३४ नम्वरको पिकअप भ्यानमा दुईबटा जर्सी गाई लोडगरी भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा सप्तरीको डाक्नेवरी नगरपालिकाको पत्थरगाढा चौकमा राती १२ बजे तिर गस्तीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रहरीलाई देख्ने बितिकै तस्करहरू भने अंध्यारोको फाईदा उठाउदै समान छाडी फरार भएको बताईएको छ ।
तस्करीमा प्रयोग गरिएको गाडीसहित बरामत समानहरूको १७ लाख ५१ हजार मुल्यांकन गरिएको तथा आबश्यक कारवाहीको लागि मंगलवार बेल्हीस्थित राजबिराज भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ