News Category 2077/06/07
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
४१ औं सामाजिक सेवा दिवसको अवसरमा राजविराजस्थित साइकृष्ण मेडिकल कलेजको आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितहरुको प्रयोजनका लागि पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।
वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपालको साझेदारीमा संचालित सरसफाइ कार्यक्रम अन्तर्गत मंगलबार आइसोलेशन सेन्टरमै पुगेर संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रिह प्रदान गरेको हो ।
गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्रि आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालाई हस्तान्तरण गरेका छन् ।
संक्रमितहरुको प्रयोजनका लागि प्रदान गरिएको सामाग्रिहरुमा तौलिया, साबुन, टुथपेस्ट, ब्रस, सेनिटाइजर, सर्जिकल मास्क, हर्पिक, नेलकटर, तीन थान पानी खाने फिल्टर तथा महिला संक्रमितहरुका लागि सेनेटरी प्याड लगायतका सामाग्रि रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ