News Category 2077/06/07
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीमा सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । सप्तरी जिल्लामा मंगलबारसम्म तीनै सुरक्षानिकाय गरि १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो ।
यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ ।
यसरी कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन, जमघट, भेला, भिडभाड लगायत समूहगत कार्यक्रम अहिले बन्द गरेको छ ।
त्यस्तै राजविराजस्थित नेपाली सेनाको भिमदल गणका ९ जना सेनामा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लामा हालसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ६ छन् । जसमध्ये सुरक्षा निकायतर्फका संक्रमितको संख्या १ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/20 भारदह अस्पताल “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” मा परिणत हुने
- 2081/03/20 ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ