News Category 2077/06/09
फरार १६ अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ असोज
अदालतबाट कैद सजाय तोकी फरार रहेका विभिन्न मुद्दाका १६ जनालाई अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा एक महिलासहित १६ जना अभियुक्तहरुलाई दुई दिन यता पक्राउ गरि बिहीबार प्रहरीले अदालतमा बुझाएको छ ।
पक्राउ पर्नेहरुमा कुटपिट र अंगभंगका सर्वाधिक १० जना रहेका छन् भने जालसाजी, लुटपिट, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध, कर्तव्य ज्यान र लागु औषधका एक÷एक जना रहेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकाहरु मध्ये कुटपिट तर्फ राजविराज नगरपालिका ९ का जुक्ति यादव, सुबसु साह, लिलावत्ति साह, गुलाबलाल दास, सुबिलाल यादव, वडा नं. १ का सत्रुशन यादव, उत्तिमलाल यादव, शंकर कुमार यादव, लक्ष्मण यादव, लक्ष्मी यादव रहेका छन् ।
यस्तै ज्यान मार्ने उद्योगतर्फ राजविराज ९ का झौली मुखियाँ, केही सार्वजनिक अपराधतर्फ राजविराज १ का बडेलाल यादव, जालसाजीतर्फ राजविराज ६ का झवर यादव र लुटपिटतर्फ राजविराज १ का गोसाई यादव तथा लागुऔषध तर्फ सप्तरीको तिरहुत गाउँपालिका ५ का महेन्द्र मेहता छन् ।
अघिल्लो दिन कर्तव्य ज्यान मुद्दाका आरोपी महादेवा गाउँपालिका १ का ५५ वर्षिय रबिलाल यादवले भने जिल्ला प्रहरी कार्यालय मै पुगि आत्मसमर्पण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ