News Category 2077/06/09
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
सप्तरीमा तिन दिन यता लगातारको बर्षाले खाडो, सप्तकोशी, बलान, त्रियुगा, जिता लगायत आधा दर्जन भन्दा बढी नदी खोलामा आएको बाढीले जिल्लाका अधिकांश स्थानिय तहहरुको अवस्था अस्तव्यस्त बन्न पुगेको छ ।

बाढीको जोखिम बढदै गएपछि जिल्लाको समग्र जनजिवन नराम्ररी प्रभावित बनेको छ । निरन्तरको बर्षाले सदरमुकाम राजविराज सहित ग्रामिण क्षेत्रका अधिकांश घर र सडक जलमग्न भएको छ । ढल निकास नहुँदा राजविराज नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ११ र १३ का झण्डै ५ सय घरमा बाढीको पानी पसेको छ ।
बर्षाको पानीले राजविराजस्थित गजेन्द्र चौक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । घर सडकमा पानी जमेका कारण आवत जावत गर्न समेत समस्या भएको छ ।

यस्तै खाडो खोला र जिता नदीको बाढी पस्दा तिलाठी कोईलाडी गाउँपालिका १ बेल्ही टोल र हनुमाननगर कंकालिनी नगरपालिका ९ रम्पुरा मल्हिनयाका ५० घर डुबानमा परेका छन् । बस्तीमा २ देखि ३ फिट सम्म पानी जमेको गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
यस्तै बलान नदीको बाढीले बलान बिहुल गाउँपालिका २ स्थित पश्चिमी तटबन्ध कटान गर्न थालेको र आफुहरु जोखिममा परेको स्थानियले बताएका छन् । २ महिना अघि पनि आएको बाढीले सो क्षेत्रको ८ सय मिटर जति तटबन्ध कटान गरेको थियो ।
सो तटबन्धको मर्मत हुन नपाउँदै फेरी थप भाग कटान गर्न थालेपछि स्थानियमा त्रास फैलिएको छ । बाढीको उच्च जोखिममा रहेका तटिय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षा निकाय हाईअलर्ट अवस्थामा रहेको स्थानिय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ