News Category 2071/02/05
प्रेस युनियन सप्तरीको कावा अध्यक्षमा विश्वास, अध्यक्ष साह निलम्बित
दैनिक संवाददाता
राजविराज, ४ जेठ ।
नेपाल प्रेस युनियन सप्तरीको आइतबार सम्पन्न कार्य समितिको बैठकबाट अध्यक्ष ओमप्रकाश साहलाई निलम्बन गरेको छ ।
अध्यक्षमाथी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सम्पन्न नवौं अधिवेशनमा मनोमानी तरिकाले अन्य संगठनका ब्यक्तिलाई अध्यक्ष र पार्षद बनाएर संगठनमाथि आघात पु¥याएको आरोप लगाइएको छ ।
उपाध्यक्ष रामनारायण विश्वास, सचिव सुधा देव, सहसचिव गंगाप्रसाद साह, कोषाध्यक्ष धर्मपाल राउत, सदस्यहरु भुषण सिंह, कृष्णदेव यादव र आनन्दमोहन शर्माद्वारा जारि संयुक्त विज्ञप्तिमा अध्यक्ष साहलाई निलम्बन गरि कार्यवाहक अध्यक्षमा उपाध्यक्ष विश्वासलाई जिम्मेवारी दिएको जनाइएको छ ।
सोही विज्ञप्तिमा सम्पन्न अधिवेशनमा नेपाल प्रेस युनियनकै सबै पद तथा पार्षद आउने अवस्था हुँदाहुँदै युनियन सप्तरीका अध्यक्ष साहले प्रेस चौतारीलाई अध्यक्ष तथा अधिक पार्षद पदमा विजयी बनाउन सहयोग गरेको आरोप लगाइएको छ ।
युनियनका सबै पार्षद नजितेका कारण नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशनमा युनियनबाट उम्मेदवारी दिएका उपाध्यक्ष, महासचिवसहितका मुख्य पदहरुमा झिनो मत अन्तरले पराजित हुनुपरेको आरोप विज्ञप्ति मार्फत लगाइएको छ ।
सोही विज्ञप्तिमा भनिएको, “युनियनको आफ्नो मजबुत अवस्था हुँदाहुँदै पनि जिल्ला तहमा अन्य संगठनलाई अध्यक्ष पद तथा अधिक पार्षदमा विजयी बनाएर युनियन अध्यक्ष साहले संगठनलाई हानी पु¥याउने काम गरेका छन् ।”
यसै बीच अध्यक्ष साहले आफूलाई निलम्बन गर्ने अधिकार केन्द्रको मात्र रहेको जानकारी दिँदै जिल्ला कार्य समितिले विद्यान विपरीत आफूलाई निलम्बन गरेको टेलिफोन मार्फत प्रतित्रृmया दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ