News Category 2071/02/05
प्रेस युनियन सप्तरीको कावा अध्यक्षमा विश्वास, अध्यक्ष साह निलम्बित
दैनिक संवाददाता
राजविराज, ४ जेठ ।
नेपाल प्रेस युनियन सप्तरीको आइतबार सम्पन्न कार्य समितिको बैठकबाट अध्यक्ष ओमप्रकाश साहलाई निलम्बन गरेको छ ।
अध्यक्षमाथी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सम्पन्न नवौं अधिवेशनमा मनोमानी तरिकाले अन्य संगठनका ब्यक्तिलाई अध्यक्ष र पार्षद बनाएर संगठनमाथि आघात पु¥याएको आरोप लगाइएको छ ।
उपाध्यक्ष रामनारायण विश्वास, सचिव सुधा देव, सहसचिव गंगाप्रसाद साह, कोषाध्यक्ष धर्मपाल राउत, सदस्यहरु भुषण सिंह, कृष्णदेव यादव र आनन्दमोहन शर्माद्वारा जारि संयुक्त विज्ञप्तिमा अध्यक्ष साहलाई निलम्बन गरि कार्यवाहक अध्यक्षमा उपाध्यक्ष विश्वासलाई जिम्मेवारी दिएको जनाइएको छ ।
सोही विज्ञप्तिमा सम्पन्न अधिवेशनमा नेपाल प्रेस युनियनकै सबै पद तथा पार्षद आउने अवस्था हुँदाहुँदै युनियन सप्तरीका अध्यक्ष साहले प्रेस चौतारीलाई अध्यक्ष तथा अधिक पार्षद पदमा विजयी बनाउन सहयोग गरेको आरोप लगाइएको छ ।
युनियनका सबै पार्षद नजितेका कारण नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशनमा युनियनबाट उम्मेदवारी दिएका उपाध्यक्ष, महासचिवसहितका मुख्य पदहरुमा झिनो मत अन्तरले पराजित हुनुपरेको आरोप विज्ञप्ति मार्फत लगाइएको छ ।
सोही विज्ञप्तिमा भनिएको, “युनियनको आफ्नो मजबुत अवस्था हुँदाहुँदै पनि जिल्ला तहमा अन्य संगठनलाई अध्यक्ष पद तथा अधिक पार्षदमा विजयी बनाएर युनियन अध्यक्ष साहले संगठनलाई हानी पु¥याउने काम गरेका छन् ।”
यसै बीच अध्यक्ष साहले आफूलाई निलम्बन गर्ने अधिकार केन्द्रको मात्र रहेको जानकारी दिँदै जिल्ला कार्य समितिले विद्यान विपरीत आफूलाई निलम्बन गरेको टेलिफोन मार्फत प्रतित्रृmया दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ