News Category 2077/06/12
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दा ठाकुरद्वारा जारि सूचनामा प्रशासन कार्यालयका एक जना कर्मचारीको कोरोनाका कारण मृत्य तथा अन्य केहि कर्मचारीहरु समेत संक्रमित भई न्यून जनशक्तिवाट कार्यालयको काम सम्पादन गर्नु पर्ने र वर्तमान अवस्थाका कारण सेवाग्राहीलाई समेत स्वास्थ्य सम्वन्धि समस्या पर्न सक्ने संकेत गर्दै कार्यालयले सो अनुरोध गरेको हो ।
कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा असोज ११ गतेदेखी लागु हुने गरि कार्यालयले सर्तसहित नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरणको काम पनि सुरु गरेको छ ।
जारि सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।
यता सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनबाट नै भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ